Comments Add Comment

इटालीको टिममा जर्जिन्हो र इमरसन थपिए

१७ जेठ, काठमाडौं । युरोकप २०२० अघि जर्जिन्हो र एमरसन इटालियन टोलीमा थपिएका छन् ।

प्रशिक्षक रोवर्टो मान्सिनीले युरोपियन च्याम्पियन्स लिग पछि चेल्सीबाट खेल्ने दुई खेलाडीलाई टिममा राखेका हुन् । चेल्सीले म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

मान्सिलीले यसअघि युरोकपका लागि ३२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । आइतबार घोषित अपडेटेट लिस्टमा दुई खेलाडी थपिँदा ६ खेलाडी भने बाहिरिएका छन् । एभरटनका स्ट्राइकर मोइस केन भने २८ सदस्यीय टिममा अटाएनन् ।

युरोकपमा लागि जुन १ सम्म सहभागि टोलीले २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसक्नुपर्नेछ । इटलीले पनि सोही अनुसार जुन १ मा अन्तिम टोली घोषणा गर्नेछ ।

समूह ए मा रहेको इटलीले उद्घाटन खेलमै रोममा टर्कीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि इटलीले जुन ४ मा चेक रिपब्लिकसँग अन्तिम मैत्रीपूर्ण खेल खेल्नेछ । मे २८ मा भएको मैत्रीपूर्ण खेलमा इटलीले सानमारिनोलाई ७-० ले पराजित गरेको थियो ।

युरोकपको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपको विभिन्‍न ११ देशमा आयोजना हुँदैछ ।

इटलीको २८ सदस्यीय टोली

गोलकिपर : जियानलुजी डोनारुम्बु, एलेक्स मेरेट, साल्भाटोरी सिरिगु

डिफेण्डर : फ्रानसेस्को असेर्ब, अलेसान्द्रो बास्तोनी, लियोनार्दो बोनुची, जर्जिओ किलिएनी, जिओभानी डि लरेन्जो, एमरसन, अलेसान्द्रो फ्लोरेन्जी, जियनलुका मान्सिनी, लियोनार्दो स्पिनाजोला, राफाएल टोलोक्ष

मिडफिल्डर : निकोलो बरेला, ब्राएन क्रिस्टान्टे, जर्जिन्हो, मानुएल लोकाटेली, लरेन्जो पेलेग्रिनी, माटेओ पेसिना, स्टेफानो सेन्सी, मार्को भेराट्टी

फरवार्ड : आन्द्रे बेलोट्टी, डोमेनिको बेरार्डी, फेडेरिको बर्नार्डेसी, फेडेरिको चिएसा, सिरो इम्मोबाइल, लरेन्जो इनसिग्ने, माटेओ पोलिटानो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment