+
+
Shares

बुटवलको जितगढीमा ५० शय्याको कोभिड अस्पताल सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते १२:१७

१८ जेठ, बुटवल । बुटवलको एक नीजि अस्पतालले ५० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । बुटवल–१३ जितगढीमा रहेको एडमण्ड सिटी हस्पिटलले अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको हो ।

एक बिगाहा क्षेत्रफल भित्र रहेको अस्पतालमा भेन्टिलेटर सहित ८ शय्याको आईसीयु, ७ शय्याको एचडीयु र ३५ आइसोलेशन शय्या रहेका छन् । कोभिड अस्पतालमा कन्सल्ट्यान्ट फिजिसियन ४ जना, मेडिकल अफिसर १० जना, नर्स ३८ जना, प्यारामेडिक्स २२ जना र अन्य गरी १४० जना जनशक्तिलाई खटाइएको अध्यक्ष प्रकाश रानाले बताए ।

‘कोरोना संक्रमति विरामीले अझै पनि बेड र अक्सिजन नपाएको अवस्था छ, यसैलाई मध्यनजर गरी कोरोना संक्रमण अन्त्य नहुँदासम्मखअस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार गर्ने छौं’-अध्यक्ष रानाले भने-‘निजी भएपनि सरकारले तोकेको भन्दा महंगो शुल्क लिंदैनौं ।’

बुटवलमा एक बिगाहा क्षेत्रफलमा सञ्चालनमा आएको यो नै पहिलो नीजि अस्पताल हो। सरकारले जारी गरेको सबै प्रकारका मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याइएको अस्पतालमा फिभर क्लिनिक, इमर्जेन्सी सेवा, प्रयोगशाला, एक्सरे तथा फार्मेसी २४सै घण्टा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण पश्चात अस्पताललाई ट्रमा, न्यूरो तथा क्यान्सर रोग उपचार केन्द्रका रुपमा विशेषज्ञ सेवासहित सञ्चालनमा ल्याइने अस्पतालमा भौतिक पूर्वाधार बाहेक उपकरण तथा त्यसको व्यवस्थापनमा मात्रै तीन करोड रुपैंया खर्च भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?