Comments Add Comment

नेप्से परिसूचकसँगै सुस्तायो सेयर कारोबार रकम

१८ जेठ, काडमाडौं । सोमबार ४५ अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । ११ दशमलव ६८ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ७ सय ७१ दशमलव १५ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६९ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि सुस्ताएको छ ।

आइतबार १७ अर्ब रुपैयाँ माथि कारोबार पुगेर ऐतिहासिक रेकर्ड कायम भएको थियो भने सोमबार १३ अर्ब माथिको कारोबार भएको थियो । मंगलबारत ९ अर्ब रुपैयाँको पनि कारोबार हुन सकेन ।

मंगबलार दिनभर भएका ९८ हजार ६ सय ७ कारोबारबाट २१६ कम्पनीका १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँमा रोकिएको छ ।

मंगलबार विकास बैंक र फाइनान्स कम्पनीको समूहगत सबइन्डेक्स बढेको छ भने बाँकी सबइन्डेक्सहरु घटेका छन् । सोमबार जस्तै धेरै गुमाउनेहरुको शिर्ष स्थनामा हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य देखिएको छ ।

लुम्बिनी विकास बैंक, समिट माइक्रोफाइनान्स, महालक्ष्मी विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी लगायतको सेयर मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment