Comments Add Comment

युरोकपका लागि स्वीट्जरल्याण्डको टिम घोषणा

१८ जेठ, काठमाडौं । आगामी जुन–जुलाईमा आयोजना हुने युरोकपका लागि स्वीट्जरल्याण्डको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भ्लादिमिर पेटकोभिकले मंगलबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

यसअघि प्रारम्भिक चरणमा स्वीट्जरल्याण्डले २९ सदस्यीय टोली घोषणा गरेको थियो । त्यसबाट गोलकिपर ग्रेगोर कोबेल, मिडफिल्डरद्वय डान एनडोए र एन्डी जेकिरी बाहिरिएका छन् । पेटकोभिकले २९ खेलाडी नै अन्तिम टिममा रहन लायक भएको र उनीहरुले राम्रो प्रभाव पारेको बताए । साथै भविष्यका लागि उनीहरुको राम्रो सम्भावना भएको बताए ।

कोरोना महामारीका कारण यस पटक युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले हरेक टिमले २६ जना खेलाडी राख्न पाउने नियम बनाएको छ ।

त्यसै अनुसार सहभागी राष्ट्रहरुले टिम घोषणा गरिरहेका छन् । जुन १ सम्म सहभागी सबै टिमले २६ सदस्यीय टोली घोषणा गरिसक्नुपर्नेछ । केही टिमले यसअघि नै २६ सदस्यीय टोली घोषणा गरेपनि केहीले प्रारम्भिक टोली घोषणा गरेका थिए ।

२४ टिम सहभागी हुने युरोकपको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ देशमा हुँदैछ ।

स्वीट्जरल्याण्ड समूह ए मा छ । यस समूहमा इटली, टर्की र वेल्स पनि छ ।

२३ सदस्यीय स्वीस टोली

गोलकिपर : यान सोमर, यभोन एमभोगो, जोनास ओमलिन

डिफेण्डर : मानुएल अकान्जी, लोरिस बेनिटो, निको एलभेदी, केभिन एमबाबु, बेसिर ओमेरागिक, रिकार्डो रोड्रिगेज, सिल्भान विडमेर, फाबियन सार, जोर्डन लोटोम्बा, एरे कोमर्ट

मिडफिल्डर : ग्रान्ट जाका, डेनिस जाकारिया, रेमो फ्रेउलर, डिजिब्रिल सो, एडमिर मेहमेदी, जेर्दान शाकिरी, रुबेन भर्गास, स्टेभेन जुबेर, एडिमिल्सन फरनान्डेज, क्रिस्टियन फासनाट

फरवार्ड : ब्रिल एम्बोलो, मारियो गाभ्रानोभिक, हरिस सेफेरोभिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment