Comments Add Comment

कंगोको दुई गाउँमा भएको आक्रमणमा ५० जनाको मृत्यु

१८ जेठ, काठमाडौं । डेमोक्रेटिक रिपब्लिक कंगोको दुई गाउँमा भएको आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । कंगोको सेना तथा परिवेक्षकले दिएको जानकारीअनुसार उक्त आक्रमण रातको समयमा भएको हो ।

स्थानीय अधिकारीहरुले यो आक्रमण इस्लामिक चरमपन्थी संगठन आईएससँग सम्बन्ध भएको एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ)ले गरेको दाबी गरेका छन् । कंगोको सेनाका प्रवक्ता जुलेस न्गोन्गोले एडीएफका लडाकुहरुले इटुरी प्रान्तको बोगा र चाबी गाउँमा आक्रमण गरेको बताए । यी दुवै गाउँमा एडीएफ सक्रिय छ ।

उक्त क्षेत्रका एक नेताले आक्रमणमा बालबालिका र वृद्धवृद्धा पनि मारिएको बताए । कंगोको सेनाले इटुरी प्रान्तको सुरक्षा फौजसँगको बैठकपछि उक्त आक्रमणमा ५३ जनाको मृत्यु भएको बताएको छ ।

तर, स्थानीय सांसद ग्रासियन इराकानले भने मृत्यु हुनेको संख्या कम्तीमा ६० रहेको बताएका छन् । उनका अनुसार अहिले पनि मानिसहरुको खोजी कार्य जारी रहेको बताएका छन् । यो आक्रमणमा दुई स्थानीय नेताहरु पनि मारिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment