Comments Add Comment

रियलका नयाँ प्रशिक्षक एन्सेलोटी भन्छन् – मलाई अप्रत्यासित अवसर प्रदान गरियो

१९ जेठ, काठमाडौं । रियल मड्रिडका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीले एभर्टन छोडेर लस ब्लान्कोसमा जाने आफ्नो निर्णयको बयान गरेका छन् ।

एन्सेलोटीले अब इस्टाडियो सन्टियागो बर्नाबेउको तातो सिटमा जिनेदिन जिदानेको स्थान लिनेछन् ।

इटालियन प्रशिक्षकले रियल मड्रिड फर्कने एउटा अवसर रहेको विष्यलाई अस्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । साथै उनले एभरटनमा रहँदा आफूले इन्जोए गरेको समेत बताएका छन् ।

‘क्लबमा रहँदाको समयमा उनीहरूले मलाई दिएका अथाह समर्थनका लागि म निदेशक बोर्ड, खेलाडीहरू र एभर्टोनियनहरूलाई धन्यवाद दिन चाहन्छु,’ एभरटनले अफिसियल वेवसाइटमा प्रकाशित गरेको स्टेटमेन्टमा एन्सेलोटीले भने । ‘एभर्टनसँग सम्बद्ध सबैका लागि मेरो पूर्ण सम्मान छ र आशा छ कि उनीहरूको आफ्नो अगाडि अवसरहरू प्राप्त गर्न सक्छन् ।

एभरटनमा रमाइँरहँदा आफूलाई रियलबाट अप्रत्यासित अवसर प्राप्त भएको उनले बताए । ‘जब म एभर्टनमा रहँदा रमाइरहेको थिएँ, मलाई एक अप्रत्याशित अवसरको साथ प्रस्तुत गरिएको छ जुन मलाई लाग्छ यो समय मेरो र मेरो परिवारको लागि सही कदम हो ।’

एन्सेलोटीले आफ्नो व्यक्तिगत ट्विटरबाट पनि एभरटनका सबैलाई धन्यवाद भन्दै पोष्ट गरे ।

‘मलाई यो शानदार र ऐतिहासिक क्लब म्यानेज गर्ने अवसर दिएकोमा म एभर्टन एफसी, मेरा खेलाडी र समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु । मैले छाड्ने निर्णय गरेँ किनकी सधैँ मेरो हृदयमा रहेको टिम रियल मड्रिडको साथ एउटा नयाँ चुनौती म सामु छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment