Comments Add Comment

पशुपति शर्माको ३० हजार सहयोग

गायक पशुपति शर्माले आफ्नो गृह जिल्ला स्याङ्जाका जनताका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । शर्माले कोरोनाका कारण समस्यामा परेका आफ्नो जिल्लाबासीका लागि भनेर उक्त रकम सहयोग गरेका हुन् ।

उनले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले संचालन गरेको आपतकालिन राहत कोषमा आर्थिक सहयोग गरेका हुन् । कोरोना महामारीको समयमा जिल्लाबासीको सहयोगमा आफूपनि जोडिन पाउँदा खुशी लागेको उनले बताएका छन् ।

‘मलाई कलाकारको रुपमा स्थापित गराउन स्याङजाबासीले दिएको मायालाई सम्झदै थोरै भएपनि हातेमालो गरेको हुँ’ शर्मा भन्छन् । उनले कोरोना महामारीको यो विषम परिस्थितिमा आफ्नो राष्ट्र अनि जन्मस्थानका लागि सबै एकजुट हुनपनि आग्रह गरेका छन् । कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा शर्मा यतिबेला स्याङ्जास्थित घरमै समय बिताईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment