+
+

भियतनाममा देखिएको भेरियन्ट नयाँ होइन : डब्ल्यूएचओ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २० गते १६:३२

२० जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भियतनाममा देखिएको कोरोना भाइरस (कोभिड–१९)को भेरियन्ट नयाँ नभएको बताएको छ । जापानी समाचारपत्रिका निक्केईसँगको अनलाइन अन्तर्वार्तामा डब्ल्यूएचओका प्रतिनिधिले भियतनाममा देखिएको भेरियन्ट भारत र बेलायतमा देखिएको कोरोनाको भेरियन्टको संयुक्त रुप भएको बताएका हुन् ।

‘अहिलेको अवस्थामा डब्ल्यूएचओको परिभाषाअनुसार भियतनाममा कुनै नयाँ हाइब्रिड भेरियन्ट देखिएको छैन,’ डब्ल्यूएचओका प्रतिनिधि किडोङ पार्कले भने । उनले भियतनाममा देखिएको भेरियन्ट भारतमा भेटिएको डेल्टा भेरियन्टभित्र पनि हुने गरेको बताए ।

विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कोरोनाका चारवटा भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ को सूचीमा राखेको छ । उक्त सूचीमा बेलायत, भारत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका भेरियन्टहरु सामेल छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?