Comments Add Comment

माइक्रोसफ्ट विन्डोजको नयाँ भर्सन जुन २४ मा

माइक्रोसफ्ट कम्पनीका सीईओ सत्य नादेल्ला ।

माइक्रोसफ्ट कम्पनीले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजको नयाँ संस्करण आगामी जुन २४ मा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीका सीईओ सत्य नादेल्लाले विन्डोजको आगामी नयाँ संस्करणलाई पर्सनल कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा यो दशककै सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेका छन् ।

नयाँ संस्करणमा विन्डोजको डिजाइनमा परिवर्तन हुनेछ । त्यस्तै विन्डोज एपमार्फत् सर्जक तथा एप डेभलपर्सलाई सिर्जनाको मौका प्रदान गरिने तथा प्रयोगकर्ता तथा समुदायको बीचमा सम्बन्ध स्थापित गर्न सहज हुने माइक्रोसफ्टले जनाएको छ ।

विन्डोजको नयाँ संस्करण सुरुमा विन्डोज इनसाइडरका लागि परीक्षणका रुपमा मात्र उपलब्ध हुनेछ र आम प्रयोगकर्ताका लागि वर्षको अन्त्यसम्ममा उपलब्ध हुने बताइएको छ ।

माइत्रोसफ्टले नयाँ विन्डोज सार्वजनिक गर्ने जुन २४ को कार्यक्रमका लागि बुधबार निम्तो पठाएको जनाएको छ ।

स्मरण रहोस् गत महिनाको डेभलपर्स इभेन्टका क्रममा सीईओ नादेल्लाले नयाँ संस्करणको विन्डोजका विषयमा खुलासा गरेका थिए ।

विश्वमा पर्सनल कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा आधिपत्य जमाएको विन्डोजले माइक्रोसफ्टको कूल आम्दानीको १४ प्रतिशत हिस्सा ओगटेको छ ।

पछिल्लोपटक माइक्रोसफ्टले सन् २०१५ मा विन्डोज १० अपरेटिङ सिस्टम ल्याएको थियो । माइक्रोसफ्टले विन्डोज १० मा वर्षको २ पटक अपडेट उपलब्ध गराउने गरेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment