+
+

कोरोना प्रयोगशालाबाट आएको मेरो भनाइ सही थियो : ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २१ गते १२:०७

२१ जेठ, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) चीनको प्रयोगशालाबाट आएको आफ्नो भनाइ सही रहेको बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘त्यतिबेला ‘शत्रु’ मानिएका मानिसहरुले पनि ट्रम्प चाइना भाइरस वुहानको प्रयोगशालाबाट आएको भन्ने मान्न थालेका छन् ।’

ट्रम्पले प्रयोगशालाबाट कोरोना भाइरसको संक्रमण फैलाएकाले उसलाई चीनलाई जरिवाना गर्नुपर्ने ट्रम्पको भनाइ छ । अमेरिका र विश्वका अन्य मुलुकलाई चीनले एकसय खर्ब डलर जरीवाना तिर्नुपर्ने ट्रम्पले बताएका छन् । उनले भने, ‘डाक्टर फाउची र चीनबीच जुन कुराकानी भएको थियो, त्यसलाई कसैले पनि बेवास्ता गर्नु असम्भव छ ।

ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ र ‘वुहान भाइरस’ बताउने गरेका थिए । चीनले यस विषयमा आपत्ति जनाउँदै यसलाई रंगभेदी बताएको थियो । यस वर्षको सुरुआतमा विश्व स्वास्थ्य संगठन -डब्ल्यूएचओ)को एक टोलीले महामारीको तथ्य पत्ता लगाउन वुहानको भ्रमण गरेको थियो ।

यद्यपि गत मार्च महिनामा डब्ल्यूएचओले कोरोना संक्रमण प्रयोगशालाबाट आएको हो भन्ने पुष्टि गर्ने कुनै आधार नभेटिएको बताएको थियो । चीनमाथि डब्ल्यूएचओको टोलीलाई अनुसन्धानको लागि पूरा सहयोग नगरेको र वुहान प्रयोगशालासँग सम्बन्धित जानकारी लुकाएको आरोप छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?