Comments Add Comment

विवाह मण्डपमा बेहुलीको मृत्यु, बेहुलाले बिहे गरे सालीलाई

भारतको उत्तर प्रदेशमा एउटा निकै दुःखद घटना भएको छ । उत्तर प्रदेशको इतावाह जिल्लामा पर्ने समासपुरा गाउँमा सो घटना भएको हो ।

गाउँमा आयोजित बिहे समारोहका क्रममा बेहुलीको एक्कासी मृत्यु भयो । त्यसपछि मृतक बेहुलीको शव एउटा कोठामा राखियो अनि बेहुलीको बहिनीलाई नयाँ बेहुली बनाएर मण्डपमा ल्याई बेहुलासँग बिहे गराइयो ।

इटवाह जिल्लाको नवली गाउँका बेहुलाको नाम मंगेश कुमार हो । समासपुर गाउँकी सुरभी नामकी युवतीसँग बिहीबार उनको बिहे हुन लागेको थियो ।

बिहीबार राति जन्तीसहित मंगेश कुमार बेहुली सुरभीको घर पुगे र बिहेको अनुष्ठान सुरु भयो । स्वयंवरको लागि तयारी चलिरहेको थियो । बेहुली सुरभीले आफुलाई केही असजिलो महसुस भएको भन्दै बेहोस भएर तत्कालै ढलिन् ।

सुरभीलाई तत्कालै उपचारका लागि स्थानीय अस्पतालमा लगियो । तर अस्पतालमा लगुन्जेल उनको मृत्यु भैसकेको थियो । डाक्टरका अनुसार बेहुलीको हृदयाघातबाट मृत्यु भएको थियो ।

हुनेवाला पत्नीको बिहेकै बेला मृत्यु भएपछि बेहुलालगायत सबैजना शोकमा परे । तर अकस्मात बेहुलाले बेहुलीकी बहिनी अर्थात् सालीसँग बिहे गराइदिएर विवाह कार्यक्रम सम्पन्न गर्न आग्रह गरे ।

मरण परेको घरमा मृतक बेहुलीकी बहिनीलाई नयाँ बेहुली बनाएर बिहे गराइदिनु सजिलो कुरा थिएन । तर बेहुला र बेहुली पक्षका परिवार त्यसमा सहमत भए ।

अन्ततः बेहुलाकी साली तर्थात् मृतक बेहुलीकी बहिनीलाई नयाँ बेहुली बनाइयो र उनीहरुबीच बिहे गराइयो । ती नयाँ बेहुलीको नाम निशा हो ।

एउटी बहिनीको शव कोठाभित्र राखेर अर्की बहिनीको बिहे गराइदिएको त्यो क्षण निकै दर्दनाक रहेको बेहुलीका दाजु सौरभ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment