Comments Add Comment

कोरोना खोप अहिले बालबालिकाको प्राथमिकता होइन : डब्ल्यूएचओ

२१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ खोप विशेषज्ञले बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपमा उच्च प्राथमिकता नपर्ने बताएका छन् ।

बिहीबार डब्ल्यूएचओको खोप विभागकी निर्देशक केटरिन ओब्रियनले कोरोना खोप कार्यक्रममा बालबालिकालाई प्राथमिकतामा राख्नु नपर्ने बताएकी हुन् ।

‘बालबालिकाहरु वास्तवमा कोभिड-१९ बाट संक्रमित हुने जोखिम निकै कम छ’, उनले भनिन् । उनका अनुसार बालबालिकाहरुलाई संक्रमण तथा मृत्युबाट बचाउन भन्दा पनि संक्रमण नियन्त्रणको लागि खोप लगाइनुपर्ने बताएकी हुन् ।

‘अहिले हामी वास्तवमा नै कठिन अवस्थामा छौं, विश्वभरका सबै मानिसहरुलाई पुर्‍याउन सक्ने खोप उपलब्ध छैन । अहिलेको अवस्थामा बालबालिकाहरुलाई खोप लगाउनु प्राथमिकता होइन’, ओब्रियनले थपिन् ।

उनका अनुसार स्वास्थ्यकर्मीहरु र ज्येष्ठ नागरिक तथा गम्भीर स्वास्थ्य समस्या भएका मानिसलाई खोप पुर्‍याउनु निकै महत्वपूर्ण छ । उनीहरुले किशोर तथा बालबालिकाले भन्दा पहिला खोप पाउनुपर्ने ओब्रियनले बताइन् ।

अमेरिका, क्यानडा, बेलायत र युरोपेली संघ (ईयू)ले १२ देखि १५ वर्ष उमेर समुहका बालबालिकालाई पनि खोप लगाउन अनुमति दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment