Comments Add Comment

सांसदबाट पदमुक्त थापाको रिटमाथि आज सुनुवाइ हुँदै

२३ जेठ, काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनले आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । उक्त रिटको पेसी आजलाई तोकिएको छ ।

थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी निर्देशनविपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो ।

जनमोर्चा केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टी साधारण सदस्य समेत नरहने गरी १ वर्षका लागि निलम्बन गरिएको छ । उक्त निर्णय गत बिहीबार संसद सचिवालयलाई गराएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका सांसदको पद संसद सचिवालयमा सूचना आएपछि रिक्त रहने उल्लेख छ ।थापाले रिट निवेदनमा आफूलाई गैरकानुनी रूपमा कारबाही गरेको बताएका छन् ।

अविश्वास प्रस्तावमा मतदान गर्ने बेला सभामुखले अचानक संसद बैठक स्थगित गरेको र त्यसपश्चात मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि अविश्वास प्रस्ताव निष्क्रिय भएको उनले रिटमा उल्लेख गरेका छन् ।

अविश्वास प्रस्ताव नै निष्क्रिय भएपछि पार्टी निर्णय र संसदीय दलको ह्विप समेत निष्क्रिय भएको भन्दै उनले त्यसपश्चात नयाँ सरकार गठनका सन्दर्भमा पार्टी र संसदीय दलले कुनै निर्णय नगरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment