Comments Add Comment

स्वीडेनको सहज जित

२३ जेठ, काठमाडौं । युरोकपअघिको मैत्रीपूर्ण खेलमा स्वीडेनले अर्मेनियालाई ३-१ ले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा स्वीडेनका लागि एमिल फोसवर्ग, मार्कुस डानिलसन र मार्कुस बेर्जले गोल गरे । अर्मेनियाका भाहान बिचाकछ्यानले एक गोल फर्काए ।

खेलको १६ मिनेटमा फोसवर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा डानिएलसनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाए ।

३८ औं मिनेटमा स्वीडेनले अग्रता बढाउने अवसर पाएको थियो । तर सेबास्टियन लार्सेनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

६४ औं मिनेटमा अर्मेनियाका भाहानले गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर ८५ औं मिनेटमा बेर्जले गोल गर्दै स्वीडेनलाई ३-१ को जित दिलाए ।

युरोकप फुटबलको तयारीमा रहेको स्वडेनले दुवै वार्मअफ खेल जित्दै राम्रो तयारी गरेको छ ।

समूह इ मा रहेको स्वीडेनले जुन १४ मा स्पेनसँग खेल्दै युरोकपको सुरुआत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment