+
+

सुनको भाउ तोलाको ९४ हजार १००

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १२:१५

२३ जेठ, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । गत शुक्रबार एकैदिन १५ सयले घटेको सुनको भाउ शनिबार विदापछि आइतबार पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारका लागि तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आइतबारको खरिद बिक्री मूल्य १३ सय ५५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?