+
+
Shares

२४ सयभन्दा बढी अत्यावश्यक सवारीसाधनलाई सिप्रदीको सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १२:१८

सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा,खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्नित,तथा फोहोर व्यवस्थापनमा खटिएका २४०० वटा भन्दा बढी सवारीसाधनहरुलाई सिप्रदीले गाडी मर्मत सेवा तथा सवारी साधनसँग सम्बन्धित सम्पूर्ण परामर्श प्रदान गरिरहेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामग्री दुवानी गर्ने सवारी साधनहरुलाई सिप्रदीले सेवा पुर्याउदै आइरहेको छ। हालसम्म खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्नित, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २४०० वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा प्रदानगर्दै आईरहेको कम्पनिले जनाएको छ।

आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाकानिम्ति सदैव सजगरहदैंआएको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप सेवा प्रदान गर्न तत्पर रहेको कम्पनिले जनाएको छ।

नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ्य र सुरक्षासम्बन्धी सम्पूर्ण नियम पालना गरी कम्पनिले आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरुको अथक साथले २४सै घण्टा अग्रभागमा खटिरहनु भएका राष्ट्रका सेवकहरुलाई सेवा दिन तयार रहेको पनि जानकारी गराएको छ।

यसको साथै यस विषम परिस्थितिमासिप्रदीले २४ विभिन्न स्थानबाट सेवाका लागि डेडिकेटेड अधिकारीहरू परिचालित गरेको र कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिनआयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा सिप्रदीको टोल फ्रीनम्बर १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) सम्पर्क गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?