Comments Add Comment

नेपाल, स्कटल्याण्ड र नामिबियाको सिरिज स्पेनमा खेलाउने तयारी

२३ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा खेलाउने तयारी भएको छ ।

आगामी जुलाईमा स्कटल्याण्डमा हुने भनिएको सिरिज स्पेनमा सार्न लागिएको हो ।  ‘जुलाई तेस्रो साता स्पेनमा हुने भनेर तीन देशको सहमति भएको छ’ नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘आयोजक आईसीसी र स्पेन सरकार तयार भइसकेको छ । त्यहाँको लोकल अथोरिटीबाट अनुमति पाउन बाँकी छ ।’

उनले अघि भने,  ‘फ्लाइट, भिसा, क्वारेन्टिन नियम, खेलाडी संख्या र म्याच अफिसियल्सबारे निर्णय हुन बाँकी छ । एकाध दिनमा  यो पनि टुङ्गो लाग्छ होला ।’

सिरिजबारे  टुङ्गो लागेसँगै मुख्य प्रशिक्षक डेभ वाटमोरलाई पनि बोलाएर  नेपाली खेलाडीको प्रशिक्षण सुरु गरिने चन्दले जानकारी दिए ।

कोरोना संक्रमणका कारण खेल गतिविधि रोकिएपछि प्रशिक्षक वाटमोर हाल परिवारसंग श्रीलंकामा छन् । ‘सिरिज पक्का भएपछि प्रशिक्षकलाई पनि बोलाउँछौं । सरकारसंग अनुमति लिएर केही समय खेलाडीको प्रशिक्षण हुन्छ’ अध्यक्ष चन्दले भने, त्यसपछि बाहिर गएर  प्रशिक्षण गराउनु पर्छ ।’

सन् २०२३ मा भारतमा हुने ओडिआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ मा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । हरेक टिमले ९ सिरिज खेल्न पाउनेछ ।

नेपालले भने अहिलेसम्म जम्मा एक सिरिज खेलेको छ ।  २०२० फेब्रुअरीमा घरेलु मैदानमा नेपालले ओमान र अमेरिका सम्मिलित सिरिज खेलेको थियो, जसमा दुई जित हात पारेको नेपाल ४ खेलमा ४ अंकसहित नेपाल छैटौं स्थानमा छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । टल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो र नामिबिया ७ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ ।

लिग २ अन्तर्गत नै यही मार्चमा ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने कोरोनाले गर्दा स्थगित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment