
२३ जेठ, धनगढी । आइतबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारदेखि प्रदेशसभामा प्रि-बजेट छलफल गर्ने कार्यसूची रहेको भए पनि प्रदेश सरकारले आवश्यक तयारी नपुगेको भनेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ९ बजे बोलाइएको छ । प्रदेश प्रमुखको आह्वानमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको थियो ।
सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4