Comments Add Comment

विश्वका प्रमुख प्रविधि कम्पनीमाथि कर बढाउन जी-७का मुलुकको निर्णय

२३ जेठ, काठमाडौं। विश्वका धनी ७ मुलुकको समूह जी-७ ले विश्वका ठूला बहुराष्ट्रिय प्रविधि कम्पनीमाथि लगाइएको कर बढाउने निर्णय गरेका छन् ।

जी-७ समुहले गुगल, फेसबुक, एप्पल र अमेजनजस्ता कम्पनीमाथि १५ प्रतिशतसम्म कर लगाउने निर्णय गरेको हो । यद्यपि, यो निर्णय लामो समयसम्म टिक्न नसक्ने जानकारहरुले दाबी गरेका छन् ।

लण्डनमा भएको जी-७ का मुलुकको अर्थमन्त्रीहरुको बैठकले जुन स्थानमा ठूला प्रविधि कम्पनीले आफ्नो व्यापार गर्छन्, त्यहाँ उनीहरुले उचित कर पनि बुझाउनुपर्ने निर्णय गरेको हो ।

यो निर्णयले विश्वका प्रमुख कम्पनी प्रभावित बन्‍न सक्ने अपेक्षा गरिएको छ । तर, ठूला प्रविधि कम्पनीले भने यो निर्णयको स्वागत गरेका छन् ।

यद्यपि, गैरसरकारी संस्था अक्सफामले भने विश्वव्यापीरुपमा न्यूनतम कर्पोरेट दरमा यो निर्णयले खासै ठूलो अन्तर भने ल्याउन नसक्ने बताएको छ ।

यो शिखर सम्मेलन आयोजना गरेको बेलायतका अर्थमन्त्री ऋषि सुनाकले यो सम्झौताले २१ औं शताब्दीको लागि उचित कर प्रणालीको स्थापना गर्ने बताए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment