Comments Add Comment

घले दम्पत्तीले नेपाललाई दिए तीन करोड रुपैयाँका स्वास्थ्य सामग्री

२३ जेठ, काठमाडौं। गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित एमआईटी ग्रुप फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचारका लागि थप तीन करोड रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ ।

अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले नेपालका कोरोना संक्रमितको उपचारका लागि २२० थान अक्सिजन कन्सन्ट्रेटर खरीद गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

फाउण्डेसनले गत वर्ष कोरोना प्रभावितको सहयोगका लागि ३ करोड रुपैयाँ सहयोग गरेको थियो। योसमेत फाउण्डेसनले कोरोना संक्रमणमा नेपाललाई ६ करोड रुपैयाँ सहयोग गरेको छ ।

कोरोना संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित राख्न खोपको विकल्प नभएको ठहर फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले विभिन्न खोप उत्पादक कम्पनी, कोभ्याक्स अभियान सञ्चालन गरिरहेको संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनकी निर्देशक जमुना गुरुङले कोरोना कहरसँग लडिरहेको मातृभूमिप्रतिको दायित्वबोध गरेर यो रकम सहयोग गर्न लागेको बताइन्। अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा आपतकालीन सहयोग स्वरुप २२० कन्सन्ट्रेटर हस्तान्तरण गरिएको उनले जानकारी दिइन् ।

फाउण्डेसनले यसअघि नेपालले भोगेका ठूला विपद्हरु जस्तै महाभूकम्प, नाकाबन्दी, बाढीपहिरो लगायतका संकटमा नेपाललाई सहयोग गर्दै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment