Comments Add Comment

पौने तीन लाख पूर्वकर्मचारीको पेन्सन अब विद्युतीय हस्तान्तरणबाट सिधै खातामा

२४ जेठ, काठमाडौं । सेवा निवृत्त भएका पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम अब विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट सिधै व्यक्तिको खातामा हन्तान्तरण गर्न शुरु गरिएको छ । यससँगै अब पेन्सन नै बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्ने बाध्यता हटेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबारबाट यो प्रणाली शुरु गरिएको हो । महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यो प्रणालीबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्र सेवक कर्मचारी प्रत्यक्ष लाभान्वित हुने  बताए ।

विद्युतीय भुक्तानी शुरु भएपछि पारदर्शीतामा महत्वपूर्ण सफलता हाँसिल हुने मरासिनीको भनाइ छ । उनका अनुसार कार्यप्रक्रियामा सरलीकरण र सहजीकरणमा समेत सहयोग पुग्ने छ ।

निवृत्तभरण पाउने व्यक्तिले समेत अब छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछ । यो प्रणालीबाट निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम तोकिएको समयमै सम्बन्धित व्यक्तिको खातामा सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापन प्रभावकारी हुने विश्वास कार्यालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment