+
+
Shares

प्रदेश-२ का पूर्वराजपा सांसदहरु प्रदेशसभा बैठकमा गएनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १४:१६

२४ जेठ, जनकपुरधाम । प्रदेश-२ को सोमबार सुरू भएको प्रदेशसभा बैठकमा पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद अनुपस्थित भएका छन् ।

पूर्व राजपाका सांसदको सोमबार बसेको बैठकले  प्रदेश सभाको छैठौं अधिवेसनको पहिलो बैठकमा सहभागिता नजनाउने निर्णय गरेपछि उनीहरु बैठकमा अनुपस्थित भएका हुन् ।

जसपाभित्रको पूर्वसमाजवादी पक्षले एकतर्फी रुपमा संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री लालबाबु राउतलाई बनाएकाले उक्त निर्णय सच्चयाउनुपर्ने पूर्व राजपा पक्षको माग छ ।

पूर्व समाजवादी पक्षले राउतलाई संसदीय दलको नेता चयन गर्दै पूर्व राजपाबाट मन्त्री बनेका जितेन्द्र सोनल तथा राज्य मन्त्रीहरु डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई बर्खास्त गरेको छ ।

पूर्व राजपा पक्ष समाजवादी मनमानी तरिकाले पार्टी विधान विपरित संसदीय दलको नेता चयन गरेकाले आफूहरु प्रदेशसभाको बैठकमा सहभागी नहुने पूर्व राजपाका सचेतक परमेश्वर साहले जानकारी दिए । उनले अवैधानिक तरिकाले गरेको निर्णय नसच्याएसम्म प्रदेशसभाको बैठकमा सहभभागी नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?