Comments Add Comment

अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाका नयाँ संक्रमित बढे 

२४ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको पाइएको छ । सोमबार भिक्टोरियामा कोरोनाका ११ नयाँ स्थानीय संक्रमित फेला परेका हुन् । भिक्टोरियामा कोरोनाको डेल्टा भेरियन्टको स्रोत पत्ता लगाउन गरिएको कन्ट्याक्ट ट्रेसिङको क्रममा नयाँ संक्रमितहरु फेला परेका हुन् ।

भिक्टोरियामा भेटिएका ११ जना संक्रमितको सम्बन्ध यसअघि नै भेटिएका संक्रमितसँग रहेको पाइएको छ । भिक्टोरियाले कोरोनाको संक्रमण बढेसँगै लगाएको लकडाउन थप एक साताका लागि थप गरिएको थियो । थप गरिएको लकडाउन पनि आगामी बिहीबाटबाट सकिँदैछ ।

भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सुटोनले भिक्टोरियामा केही स्थानहरुमा लकडाउन जारी राखेर केही स्थानमा लकडाउन खुकुलो पार्ने विषयमा अहिले छलफल भइरहेको बताए । भिक्टोरियामा भेटिएको डेल्टा भेरियन्टको स्रोत भने अझै पत्ता लागेको छैन । भिक्टोरियाले डेल्टा भेरियन्ट देखिएसँगै लकडाउनको निर्णय गरेको थियो ।

अष्ट्रेलियामा वयस्क नागरिकको २० प्रतिशत जनसंख्याले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५० लाख डोजभन्दा धेरै खोप लगाइएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment