Comments Add Comment

देउवा, प्रचण्ड र नेपालबीच प्रदेश सरकारका विषयमा छलफल

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।

तीन नेताबीच देउवा निवास बुढानीलकण्ठमा करिब एक घण्टा छलफल भएको हो । चार बजेतिर बुढानीलकण्ठ पुगेका प्रचण्ड, नेपाल र देउवाबीच प्रदेश सरकारहरुका विषयमा छलफल भएको एक नेताले बताए ।

‘प्रदेश २ र गण्डकी प्रदेशमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हो’, ती नेताले भने । प्रदेशहरुमा पनि आफ्नो गठबन्धनको सरकार बनाउन विपक्षी दलहरुले गृहकार्य गर्दै आएका छन् । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्ष र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य भएको छ भने जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसहित कांग्रेस, माओवादी केन्द्र र एमालेका नेता नेपाल समूहबीच गठबन्धन बनेको छ ।

प्रदेश २ मा यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री छन् । मुख्यमन्त्री राउतले जसपाका ठाकुर पक्षलाई सरकारबाटै हटाएका छन् भने कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी गरेका छन् ।

यसबारे छलफल गर्न प्रचण्डले बिहान नेता नेपाल र देउवासँग अलग–अलग भेटेका थिए । यसपछि भने बुढानीलकण्ठमा तीन नेताबीच सामूहिक भेटवार्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment