Comments Add Comment

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ६ जना सोह्रखुट्टेबाट पक्राउ

२४ जेठ, काठमाडौं । चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ६ जना नेता सोह्रखुट्टेबाट पक्राउ परेका छन् ।

चुरे दोहन, सरकारको असंवैधानिक कदम, पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि विरुद्ध प्रदर्शनमा उत्रिएका  उनीहरुलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रशान्त लामिछाने, सागर बाबु भट्ट, सन्तोष श्रेष्ठ, शक्तिमान तामाङ,सबिन भण्डारी, लक्ष्मण भट्ट रहेको नेविसंघका महामन्त्री दीपक भट्टराईले अनलाइनखरलाई बताए ।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको छ ।

महामन्त्री भट्टराईले भने, ‘चुरे दोहनको नीति फिर्ता नभएसम्म नेविसंघले आन्दोलन जारी राख्छ। हामी ओली सरकारको यो गैरजिम्‍मेवारपूर्ण कार्यको विरोध र प्रदर्शन गरिरहन्छौं।’

साथै उनले पक्राउ परेका नेताहरुको तत्काल बिनासर्त रिहाइको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment