+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियो : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २५ गते ७:४१

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताएका छन् ।

कोरोना संक्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाल धितोपत्र बोर्ड २८ वर्ष पूरा गरी २९ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, ‘कोभिड–१९ को महामारीबाट विश्व अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा नेपाललाई पनि समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ ।’

यद्यपि सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालन गरी जोखिम न्यूनीकरण गर्दै समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि देशको वित्तीय क्षेत्र एवं समग्र अर्थतन्त्र गतिशील बनाउन तथा लगानीकर्ताको मनोबल उच्च बनाइराख्न पुँजी बजारका हालका गतिविधिले महत्वूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

आगामी दिनमा धितोपत्र बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजारको विश्वसनीय एवं गतिशील विकास तथा विस्तार मार्फत् देशको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास प्रधानमन्त्रीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?