Comments Add Comment

सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा सर्‍यो

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टाको लागि स्थगित भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर एक घण्टाका लागि स्थगित गरिएको हो ।

म‌ंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदैछन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने छन्।

मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको धामीले बताए ।

मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment