+
+

कलाकार एकाराम सिंहको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २५ गते ११:३०

२५ जेठ, काठमाडौं । संस्कृतिविद् एवं‌ कलाकार एकाराम सिंहको कोरोना संक्रमणका कारण निधन भएको छ । बाल साहित्य एवं‌ चित्रकलामा ख्याति कमाएका उनको ५३ वर्षको उमेरमा सोमबार ज्यान गएको हो ।

उनी कपनस्थित करूणा अस्पतालको आइसियुमा उपचाररत थिए । काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका उनले राणा प्रधानमन्त्री एवं‌ राजपरिवारका सदस्यहरूको समेत कैयौं चित्र कोरेका छन् ।

उनले लिच्छविदेखि मध्यकालसम्मका संस्कृति झल्किने विभिन्न चित्रकला समेत उतारेका छन् । उनको निधन प्रति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले दु:ख व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?