Comments Add Comment

राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजले कोभिड–१९राहत कार्यमा सहकार्य गर्ने

२५ जेठ, काठमाडौं । थापाथलीस्थित द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारी विरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन्।

दुवै संस्थाले संयुक्तरुपमा मिलेर नेपालको वर्तमान संकटको अवस्थामा सहयोगको निम्ती नेशनल इनोभेशन सेन्टरलाई थप उर्जासील बनाउन र राहतकार्यलाईअझ सुदृढपार्नको लागि एक परियोजना अगाडि बढाउने भएका छन्।

कलेजका निर्देशक महेन्द्रराज कँडेलले भने,’नेशनल इनोवेशनसेन्टर सँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ।ब्रिटिश कलेजले लामोसमय देखि यस्ता प्रकारको साझेदारी र सामाजिक कार्यहरू गर्दै आएको छ।हामी विश्वास गर्दछौँ कि कोभिड १९ विरूद्ध लड्न यसले धेरैसहयोगी भुमिका खेल्नेछ।आउने दिनमापनि यी प्रकारका साझेदारी र सीएसआर गर्दै जानेछौँ।’

टिबिसीरएन आइसीलेको भिड–१९विरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवयश्क स्वास्थ्य सामाग्रीहरु वितरणगर्ने लक्ष्य राखेको छ।

योसंकटको समयमा आममानिसलाई आवश्यक सेवाहरू प्रदानगरिने बताइएको छ।यसकालागि टिबिसीले राष्ट्रिय आविस्कार केन्द्रलाई अनुदान दिनेछ।यो उदेश्य प्राप्तिका लागि एनआइसीले सांगठनिक र व्यक्तिगत रुपमा निरन्तर अनुसन्धान गर्दै योगदान गर्नेछ। यसक्रममा संयुक्तरुपमा टिबिसीरएनआइसीले कोभिड–१९राहत कार्यक्रमलाई विभिन्न तरिकाले अगाडि बढाइने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment