+
+
Shares

चितवनमा निषेधाज्ञा खुकुलो, पुस्तक पसल पनि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २६ गते १५:१८

२६ जेठ, काठमाडौं । चितवनमा यो सातादेखि निषेधाज्ञामा केही खुकुलो बनाइएको छ । यसअघि खाद्य सामग्री पसल विहान ९ बजेसम्म खुलेकामा १० बजेसम्म पुर्‍याइएको छ ।

पाठ्यपुस्तकका पसल र कृषि, मल बीऊसम्बन्धी पसल पनि विहान १० बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

असार पहिलो हप्तादेखि शैक्षिक सत्र सुरु हुने भएकाले विद्यालयसम्म पुस्तक ढुवानीका लागि पुस्तक पसल पनि खोल्ने निर्णय गरेको उनले बताए ।

चितवनमा यसअघि जेठ १५ देखि जारी गरिएको निषेधाज्ञा बिहीबार सकिँदैछ । खुकुलो निषेधाज्ञाको व्यवस्था बिहीबारदेखि असार ३ गते राति १२ बजेसम्म लागू हुनेछ ।

चितवनमा अब निषेधाज्ञाको समयमा वर्कसपहरु पनि खुल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?