
२६ जेठ, काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा निर्माण गरिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामा चढाइएको छ । भुइँमा जडान गरिएको पुल बुधबार क्रेनको सहायताले सडक किनारको खम्बामा चढाइएको छ ।
करिब ३ करोड १० लाख रुपैयाँ लागत रहेको उक्त आकाशे पुल काठमौं सडक डिभिजन कार्यालयले निषेधाज्ञामा मानिसहरुको आवतजावत नहुने बेला पारेर निर्माण गरेको हो ।
बुधबार आकाशे पुललाई खम्बामा चढाउन दुईवटा क्रेन प्रयोग गरिएको थियो । गत वर्षदेखि निर्माण भएको पुल गत वर्षको लकडाउन र महामारीका कारण केही ढिलाइ भएको सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले जानकारी दिए ।
आकाशे पुललाई खम्बामा चढाए पनि निर्माणका केही काम भने अझै बाँकी छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4