+
+
Shares

गौरको कोरोना खोप केन्द्र अस्तव्यस्त, कर्मचारीको बेवास्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १७:५५

२७ जेठ, रौतहट । रौतहटको गौरमा कोरोना विरुद्धको खोप लगाउने केन्द्र अस्तव्यस्त देखिएको छ । खोप केन्द्र अस्तव्यस्त बन्दा यहींबाट कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेको स्थानीयले गुनासो गरेका छन् ।

नाम दर्ता गर्ने स्थानमै दर्जनौं व्यक्तिहरु ठेलमठेल गरेर एकै ठाँउमा जम्मा हुँदा समेत गौर नगरपालिकाका कर्मचारीले वास्ता नगरेको उनीहरुको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयमा खोप केन्द्रका डा. अशोक साहले खोप केन्द्र व्यवस्थित बनाउने आफ्नो जिम्मेवारी नभएको जवाफ दिए ।

‘खोप केन्द्रमा कोही बिरामी परे वा आफू कतै गएको बेला खोप लगाएकाको मृत्यु भए सो को जिम्मेवारी लिन्छु,’ खोप केन्द्रका डा. साहले भने ‘त्योबाहेक खोप केन्द्रमा जस्तो अवस्थामा सञ्चालन भए पनि मेरो जिम्मा होइन ।’

अहिले रौतहटका विभिन्न ६ स्थानमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ । चन्द्रपुर अस्पताल, कटहरीया, पतौरा, गंगा पिपरा, राजपुर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालय गौरमा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप प्रदान गरिंदैछ । कोरोनाको उच्च जोखिममा पर्ने ज्येष्ठ नागरिकहरुलाई खोप लगाउन सरकारले प्राथमिकतामा राखेको भए पनि खोप केन्द्रहरु व्यवस्थित नहुँदा उल्टै रोग फैलने खतरा बढेको छ ।

खोप केन्द्रमा पर्याप्त मात्रामा कर्मचारी छैनन् र भएका कर्मचारीहरुले समेत दक्षतापूर्वक गर्न सकेको देखिंदैन । खोपका लागि नाम दर्ता गराउने र कार्ड बनाउने स्थानमा गौर नगरपालिकाकै कर्मचारीका परिवारजन, आफन्त तथा नातेदारलाई सरकारले तोकेको उमेर हद नाघेर सिफारिसकै आधारमा पहिलो प्राथमिकतामा खोप दिने गरेको समेत स्थानीयको गुनासो छ ।

खोप केन्द्रको विषयमा उठेका विषयप्रति आफू गम्भीर रहेको र समस्या समाधानका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?