Comments Add Comment

बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेश गर्छौं : पोखरेल

२७ जेठ, पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन् । संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका छन् ।

अब संविधानको धारा १६८(५) अनसार मुख्यमन्त्री नियुक्तिका लागि विश्वासको मत प्रापत गर्ने आधार प्रस्तुत गर्न प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले आह्वान गर्नेछन् ।

विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले भने, ‘बहुमत सांसदसहित हामी जान्छौं ।’

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । पोखरेललाई मुख्यमन्त्री बनाउन कांग्रेस १५, माओवादी ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद सहमत देखिएका छन् ।

मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनतिर आएका छन् । उनले साथ दिएमा मुख्यमन्त्री नियुक्त हुन चाहिने ३१ मत पुग्छ ।

बिहीबार मतदान प्रक्रियामा भाग नलिएका प्रदेशसभा सदस्य कृष्ण थापालाई पनि मत दिन आग्रह गरिने कांग्रेस संसदीय दलका नेता पोखरेलले बताए । उनले भने, ‘कृष्ण थापालाई अनुरोध गरेका हौं, तर कोही कसैलाई फकाउन सकिंदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment