Comments Add Comment

ट्विटरमा ३६ घन्टामा अनुपम खेरका ८० हजार फलोअर्स घटे

बलिउड कलाकार अनुपम खेर सामाजिक संजाल ट्विटरमा सक्रिय छन् । उनी, देशको राजनीतिक घटनादेखि व्यक्तिगत कुराहरुलाई ट्विटरमार्फत दर्शकमाझ व्यक्त गर्ने गर्छन् । उनी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थक समेत हुन् । यसैले पनि अनुपमका कतिपय ट्विटहरु विवादित समेत बन्ने गरेका छन् ।

उनै, अनुपमको सामाजिक संजाल ट्विटरमा ३६ घन्टामा ८० हजार फलोअर्स घटेका छन् । उनले, आफ्ना ८० हजार फलोअर्स कम भएपछि ट्विटर इन्डियालाई प्रश्न समेत सोझाएका छन् ।

उनले ट्विट गर्दै लेखेका छन्–‘प्रिय ट्विटर तथा ट्विटर इन्डिया । पछिल्लो ३६ घन्टामा मेरो ८० हजार फलोअर्स कम भएका छन् । के ट्विटरको एप्लिकेशनमा केही खराबी आएर भएको हो या अरु केही कारणले हो । यो मेरो विचार मात्र हो, कुनै गुनासो होइन ।’

अनुपमको ट्विटरमा १ करोड ८७ लाख फलोअर्स छन् । यसअघि अमिताभ बच्चन, कंगना रनावत जस्ता कलाकारले पनि ट्विटरमा फलोअर्स कम भएको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment