Comments Add Comment

‘इथियोपियाको टिग्रेमा साढे तीन लाख मानिस भोकमरीमा’

२८ जेठ, काठमाडौं । इथियोपियाको टिग्रे प्रान्तमा करिब तीन लाख ५० हजार मानिस अहिले भोकमरीको सामना गरिरहेको संयुक्त राष्ट्रसंघको एजेन्सीहरुको बताएका छन् ।

राष्ट्रसंघका विभिन्न एजेन्सीहरुको विश्लेषकहरु तथा विभिन्न सहयोग संगठनका अनुसार अहिले उनीहरुले ठूलो खाद्यान्न अभावको संकटको सामना गरिरहेका छन् ।

बिहीबार प्रतिवेदन सार्वजनिक भएपछि यूएनएडका प्रमुख मार्क लोककले भने, ‘टिग्रेमा अहिले भोकमरीको अवस्था देखिएको छ ।’ ‘भोकमरीको अवस्थामा रहेका मानिसको यो संख्या सन् २०११ मा दुई लाख मानिसको मृत्यु भएयता विश्वको कुनै पनि स्थान कुनै पनि समयको सबैभन्दा धेरै हो’, उनले थपे ।

लोककाअनुसार अहिले टिग्रेमा करिब २० लाख मानिसहरु भोकमरीमा पुग्नुभन्दा एक कदममात्र पछाडि छन् र साथै उनीहरुलाई सहयोग गर्न चाहने राष्ट्रसंघको एजेन्सीमा पनि अहिले आर्थिक अभाव देखिएको छ ।

उक्त क्षेत्रमा ९० प्रतिशतभन्दा धेरै मानिसलाई आपतकालीन खाद्यान्न जरुरी रहेको भन्दै यसअघि अमेरिका र युरोपेली संघ (ईयू)ले पनि सहयोगका लागि अन्तर्राष्ट्रिय सहयोगको लागि आग्रह गरेका थिए ।

‘अहिले विभिन्न क्षेत्रमा भोकमरी देखिइरहेको छ । जसको कारण हजारौं मानिस जोखिममा छन्’, राष्ट्रसंघको लागि अमेरिकी स्थायी प्रतिनिधि लिन्डा थोमस ग्रिनफिल्डले बताइन् ।

यद्यपि इथियोपिया र छिमेकी इरिट्रियाको सेनाले टिग्रेमा सहयोग लैजाने संस्थाहरुलाई पनि अवरोध पुर्‍याउने गरेका छन् । सन् २०२० को नोभेम्बरमा इथियोपियाको सरकार र टिग्रेको टीपीएलएफ पार्टीबीच द्वन्द्व सुरु भएको थियो ।

त्यसयता भड्किएको हिंसामा परी हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment