+
+
Shares

अदालतको आदेशविरुद्ध एमाले पुनरावलोकनमा जाने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २८ गते १६:२५

२९ जेठ, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको आदेश विरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने भएको छ ।

दशौं महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासनको कारबाही गरेकामा बिहीबार सर्वोच्च अदालतले मान्य नहुने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आफूहरु पुनरावलोकनमा जाने तयारी भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘पुनरावलोकन जाने तयारी भइरहेको छ’, उनले भने ।

नेकपा एमालेले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । तर बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले फ्लोर क्रस गर्ने सांसदलाई महाधिवेशन आयोजक समितिले कारबाही गर्न नसक्ने आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?