+
+
Shares

गण्डकीमा मुख्यमन्त्री दावी गर्न पोखरेल पुगे प्रदेश प्रमुखको कार्यालय

अमृत सुवेदी अमृत सुवेदी
२०७८ जेठ २८ गते १७:१५

२८ जेठ, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेशप्रमुख समक्ष गएका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसद प्रदेश प्रमुखकाे कार्यालय पुगेका छन् ।

सांसदहरु प्रदेश प्रमुखको कार्यालय प्रांगणमै बसेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्य, राष्ट्रिय जनमोर्चा संसदीय दलकी नेता पियारी थापा, स्वतन्त्र सांसद दीपक मनाङे र गठबन्धनका नेता कुमार खड्काले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष हस्ताक्षर बुझाएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?