+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रामेछापको खनियापानीमा खानेपानी आयोजना अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २९ गते ११:०२

२९ जेठ, रामेछाप । रामेछापको सुनापती गाउँपालिका–५ को खनियापानीमा रहेको खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेको हो ।

आयोजना पूरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानीय श्रमदानबाट शुरु गरिएको आयोजना चार वर्षदेखि अलपत्र छ ।

करिब ७० लाख लागतमा निर्माण थालिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको लामो समयसम्म पनि सकिएको छैन । स्थानीयले आयोजनाका पदाधिकारीले आर्थिक अनियमितता गरेर खानेपानी वितरणमा आनकानी गरेको आरोप लगाएका छन् ।

आयोजना सम्पन्न भए ८८ घर, परिवार लाभान्वित हुनेछन्

‘भौतिक निर्माणको काम करिब अन्तिम चरणमा छ’ स्थानीय प्रमोद भण्डारीले भने, ‘अध्यक्षलाई हामीले आयोजनाको हिसाब मागेका छौं, उहाँले सार्वजनिक सुनुवाइमार्फत हिसाब देखाउन आनाकानी गर्नुभयो ।’

स्थानीय निकाय र सामुदायिक विकास समाजबीच दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७४ मा आयोजनाको सम्झौता भएको थियो । यसअघिका सुरेस रोकाको अध्यक्षतामा रहेको उपभोक्ता समितिमा पछि नेतृत्व परिवर्तन भएको थियो ।

आयोजनामा अनियमितता भएको भनेर गाउँपालिका कार्यालयमा पनि उजुरी पनि परेको छ । आयोजनामा काम गर्ने प्राविधिकले पनि ज्याला पाएका छैनन् । आयोजना सम्पन्न गर्न उपभोक्ताबाट रकम उठाइएको थियो । तेस्रो पटक गाउँपालिकाबाट निकाशा गरिएको १० लाख रुपैयाँको हिसाब पनि स्पष्ट नभएको स्थानीयको आरोप छ ।

आयोजनाका अध्यक्ष भोलाराज रोकाले खानेपानी आयोजना पूरा गर्न आफू तयार भएपनि उपभोक्ताले असहयोग गरेको दाबी गरे । उनले भने, ‘पानी खोल्न खोलामा जानुपर्छ, मासिक २० हजार दिन्छु भन्दापनि खोल्न जाने मान्छे तयार नभएपछि म आफैं गएर सयम–समयमा धारामा पानी खसालेको छु ।’

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले उपभोक्ताको भेला गरेर सार्वजनिक सुनुवाइमार्फत हिसाब माग्न स्थानियलाई आग्रह गरेका छन् ।

लामाले भने, ‘भेलामार्फत हिसाब माग्न भनेको छु, आयोजनाका अध्यक्ष पारदर्शी नभएको भेटिए छानबिन गर्छौं, कानुन अनुसार कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?