Comments Add Comment

गुल्मीमा ट्रकमा ओट लगाउने क्रममा सहचालकको मृत्यु

२९ जेठ, काठमाडौं । गुल्मीमा ट्रकमा ओट लगाउने क्रममा सहचालकको मृत्यु भएको छ । मदाने गाउँपालिका–२ बाँझकटेरीस्थित पञ्चपोखरी भन्ने स्थानमा ना २ ख ५७६५ नम्बरको ट्रक रोक्ने क्रममा ओट लगाउँदा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमाले घर भएका २० वर्षीय गगन घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ट्रक रोक्ने क्रममा ओट लगाउने क्रममा ब्रेक फेल भएर युवकलाई ठक्कर दिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment