Comments Add Comment

पृथ्वीसुब्बाले दिए मुख्यमन्त्री पोखरेललाई बधाई

२९ जेठ, पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् । गुरुङले मुख्यमन्त्री पोखरेललाई फोन गरी आफू र पार्टीको तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना दिएका छन् ।

विपक्षी गठबन्धनको समर्थन पाएका पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । त्यसअघि जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र राष्ट्रिय जनमोर्चाले कारबाही गरी पदमुक्त भएका कृष्ण थापाको समर्थनमा गुरुङले पनि दाबी पेश गरेका थिए । त्यसलाई लिएर विपक्षीहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

एमाले संसदीय दलका नेता गुरुङले भने आफूले दाबी गरेको भए पोखरेलको बहुमत पुग्नै नसक्ने जिकिर गरे ।

‘मेरो २७ जना थियो, कृष्णजीको ३१ जना देखेकै हो नि ! त्योभन्दा बढी भाको भए त उहाँको बहुमत नै पुग्ने थिएनन्,’ अनलाइनखबरसँग कुरा गर्दै गुरुङले भने, ‘जनमोर्चा र जसपाको पत्र थियो । उहाँहरुले बुझाउनु भयो कि भएन थाहा भएन । त्यो त उहाँहरुको कुरा हो ।’

विपक्षी गठबन्धनका नेताहरुले प्रदेश प्रमुखको धर्ना बस्नु नपर्ने उनले बताए । ‘प्रदेश प्रमुखले १÷२ घन्टा परामर्श लिनुपथ्र्यो । विधि, पद्धति, प्रक्रिया हुँदैन ? कसैलाई हतार भयो भन्दैमा हतार गर्ने हो त ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment