+
+
Shares

भारतले सेनासँग सम्बन्धित जानकारी गोपनीयताको सूचीबाट हटायो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३० गते ७:३८
Photo Credit : Defence Aviation

३० जेठ, काठमाडौं । भारतको रक्षा मन्त्रालयले देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरेको छ ।

भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा गरेको हो ।

रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक गर्ने नीतिलाई मन्जुरी दिएको भारतको रक्षा मन्त्रालयले शनिबार ट्वीटरमार्फत् जानकारी दिएको छ ।

यी जानकारीहरु प्रकाशनको मन्जुरी र जिम्मेवारी इतिहास विभागलाई दिइएको छ । युद्धसम्बन्धी इतिहास समय-समयमा प्रकाशित भएमा मानिसहरुले घटनाको सही जानकारी पाउने, शैक्षिक सोधका लागि प्रामाणिक सामग्री उपलब्ध हुने र गलत अफवाहबाट जोगिन मद्दत पुग्ने रक्षा मन्त्रालयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?