Comments Add Comment

बाँकेमा पाँचजना कोरोना संक्रमितको मृत्यु

३० जेठ, काठमाडौं । बाँकेमा कोरोना (कोभिड-१९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एक/एकजना गरी कुल ५ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या शनिबार दिउँसो ३:४५ देखि आइतबार बिहान ७ बजेसम्मको हो ।

बैतडीको पुर्चौडी नगरपालिका-८ का ५५ वर्षीय पुरुषको शनिबार दिउँसो ३:४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा जेठ १५ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बर्दियाको राजापुर नगरपालिका-१ की ४९ वर्षीया महिलाको शनिबार ४ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ १० गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी सल्यानको कालिमाटी गाउँपालिका-२ का ४६ पुरुषको शनिबार राति १२:४५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए । उनीमा जेठ १ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको लमही नगरपालिका-१ की ३२ महिलाको आइतबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा जेठ २० गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको बैजनाथ गाउँपालिका-५ का ६७ पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बिहान ४:१० बजे मृत्यु भएको हो । उनीमा जेठ ५ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment