+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ढुंगा-गिट्टी निकासी रोक्‍न माग गर्दै प्रदेशको नीति तथा कार्यक्रम संशोधन गर्न प्रस्ताव दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३० गते १५:३१

३० जेठ, मोरङ । चुरेको संरक्षण गर्दै ढुंगा गिट्टीको विदेश निकासी रोक्न माग गर्दै जनता समाजवादी पार्टी प्रदेश-१ संसदीय दलका नेता जयराम यादवले प्रदेशको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संघीय सरकारले ढुंगा गिट्टी विदेश निर्यात गर्ने नीति लिएपछि त्यसको विरोध गर्दै यादवले प्रदेशका त्‍यसको निकासी रोक्नका लागि संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा संघीय सरकारको बजेट वक्तव्य सच्याउन आग्रह गर्नुपर्ने उल्लेख गर्दै उनले दर्ता गराएको प्रस्तावमा भनिएको छ,‘नेपाल सरकारको बजेट वक्तव्य सच्याउन आग्रह गर्दै प्रदेश-१ बाट ढुङ्गा-गिट्टी बालुवा उत्खनन् गर्ने संघीय सरकारको योजनाले देशकै अन्न भण्डारको रुपमा रहेको चुरे क्षेत्रसँग सम्बन्धित जिल्लाहरुमा वन विनाश, वातावरणीय सुन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहानको संरक्षणका लागि प्रदेशलाई मरुभूमिकरण हुनबाट जोगाउन प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?