Comments Add Comment

वाणिज्य मन्त्रालयले व्यवसायीका लागि माग्यो डेढ लाख डोज खोप

३० जेठ, काठमाडौं । पेट्रोलियम व्यवसायीको आन्दोलनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग एक लाख ५५ हजार ३९६ डोज कोरोना खोप माग गरेको छ ।

आइतबार कोभिड १९ सीसीएमसीलाई पत्र लेख्दै मन्त्रालयले अग्रपंक्तिमा खटिने विभिन्न सेवा प्रदायकका लागि कोरोनाविरुद्धको खोप आवश्यक भएको जनाएको हो ।

पेट्रोलियम बिक्री तथा ढुवानी, ट्रक यातायात व्यवसायी, ग्यास बिक्रेता तथा निगमका कर्मचारी लगायतका लागि मन्त्रालयले खोप मागेको हो ।

सीसीएमसीलाई लेखेको पत्रमा नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका लागि १० हजार ३४६, नेपाल ट्रक यातायात व्यवसायी महासंघका लागि एक लाख ४० हजार र ग्यास बिक्रेता महासंघका लागि दुई सय डोज खोप मन्त्रालयले माग गरिएको छ ।

यस्तै निगमको केन्द्रीय कार्यालय तथा अन्तरगतको डिपोका लागि एक हजार, साल्ट ट्रेडिङको लागि १५० डोज र पेट्रोलियम ट्यांकर चालक संघका लागि तीन हजार सात सय डोज खोप माग गरिएको मन्त्रालयले जनाएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment