Comments Add Comment

गोरखाको लिची बिक्रीमा कोभिड प्रभाव

कोल्ड स्टोर र जुस 'फ्याक्ट्री' खोलिदिन आग्रह

३१ जेठ, गोरखा । २०४२ सालमा चितवनबाट बिरुवा ल्याएर लिची खेती शुरु गरेका पालुङटार नगरपालिका-७ च्याङ्लीका भोज बहादुर गुरुङको बारीमा अहिले साना ठूला गरी करिब ६० बोट छन् । सबै बोटमा लिची लटरम्म पाकेको देखिन्छ ।

लिची पाक्नु अघि नै उनले ठेकेदारलाई दुई लाखमा बगैचा बैना गरिसकेका थिए । त्यसैले अन्य किसानलाई जस्तो कोभिड-१९ का कारण लागू गरिएको निषेधाज्ञाले उनको लिची व्यापारमा असर पारेन । तर, जिल्लाका अन्य किसानले भने लिची व्यापार कोभिडले प्रभावित भएको बताउँछन् ।

पालुङटार नगरपालिका वडा नम्वर ६ पौवाटारका लिची कृषक रण बहादुर सुवेदी लकडाउनले व्यापारमा असर परेको बताउँछन् । ‘लिची पाकेर बेच्ने बेला भइसक्यो, अब कहाँ बेच्ने भन्ने समस्या छ,’ उनले भने । चार वर्षअघि विरुवा रोपेको बताउँदै उनी थप्छन्, ‘उत्पादन भएर बेच्न लागेको यो पहिलो पटक हो तर कोरोनाले गर्दा व्यापारी पनि खासै पाएका छैनौं, पाएपनि कम मूल्यमा लान खोज्छन् ।’

वडा नम्वर ६ पौवाटारकै अर्का किसान सुब्बा पन्त लकडाउनले भनेजस्तो मूल्य नपाएको गुनासो गर्छन् । ‘अघिल्ला वर्षहरुमा किलोको ६० देखि ७० रुपैयाँसम्म बेचियो, तर अहिले किन्न पनि खासै आएका छैनन्, आउनेले पनि भनेजस्तो भाउ दिएका छैनन्,’ उनले भने ।

सम्पर्कमा आएका ठेकेदारहरुले किलोको ४० रुपैयाँ दिने बताएको भन्दै सुब्बा थप्छन्, ‘लकडाउनले बिक्री असहज छ, यो बेला हाम्रो भन्दा पनि किन्न आउनेहरुको मूल्यमा दिनुपर्ने बाध्यता छ ।’

यसअघि लिची नपाक्दै ठेकेदार आएर बैना गर्ने गरेपनि अहिले निषेधाज्ञाले समस्या भएको सोही ठाउँका अर्का कृषक राजेश काˆले बताउँछन् । ‘पहिले काँच्चै हुँदैमा ठेकेदार आएर बगैचा बैना हान्दै जान्थ्यो तर अहिले लकडाउनले गर्दा आएका छैनन्, लिची पाकिसक्यो । अब एक हप्तामा नबेचे सबै खेर जान्छ,’ उनले भने ।

लिचीको पकेट क्षेत्र मानिने पालुङटार नगरपालिका वडा नम्वर ६ पौवाटार, ७ च्याङ्ली र ८ धुवाकोटलाई समेटर अहिले ब्लक सन्चालन गरिएको छ ।

ब्लकमा तीन हजारदेखि ३५ शय रोपनी क्षेत्रफल समेटिएका छन् । ब्लक सन्चालनका लागि संयुक्त लिची ब्लक सन्चालन समन्वय समिति पनि गठन गरिएको छ ।

समितिमा २० बोटभन्दा बढी लिची लगाउने करिव २ सय जना कृषक छन् । ब्लक क्षेत्रबाट वार्षिक  करिब १०/१२ करोडको लिची बिक्री हुने गरेको समितिका अध्यक्ष समेत रहेका गुरुङ बताउँछन् ।

आम्दानी हुने भएपछि लिची खेती तर्फ कृषकहरु पनि आकषिर्त छन् । ‘यहाँ खेती भयो भने धान, मकै हुने हो तर भनेजस्तो उत्पादन र आम्दानी हुँदैन, त्यसैले धेरैले लिची खेती गर्न थाल्नुभएको छ,’ उनले भने । तर कोभिडका कारण गत र यस वर्ष बिक्री गर्न समस्या भएको किसानहरुको गुनासो छ।

लिची कृषकलाई लक्षित गरी सो ठाउँमा कोल्ड स्टोर र जुस ˆयाक्ट्री खोल्न स्थानीयले माग गरेका छन् । सिंचाइ सुविधा पनि सहज नभएको उनीहरुको गुनासो छ । सो क्षेत्रमा उत्पादन हुने लिची पोखरा, दमौली लगायतका ठाउँमा बिक्री हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment