Comments Add Comment

संझनामा सुशान्तः करिअर चम्कदै गर्दा किन रोजे आत्महत्याको बाटो ?

नायक सुशान्त सिंह राजपुतको निधन भएको एक बर्ष भएको छ । गतबर्ष जुन १४ तारिखमा सुशान्तले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए ।

सुशान्तको निधन भएपछि सुरुवाती दिनमा उनले आत्महत्या नगरेर उनको हत्या भएको भन्ने खबरहरु सार्वजनिक भए । नायक सुशान्त सिंह राजपुतले छोटो पर्दाबाट करिअर सुरु गर्दै ठूलो पर्दामा सफलता पाएका थिए । उनको सपना अन्तरिक्षयात्री बन्ने थियो ।

तर, परिवारको दबाबका कारण इन्जिनियरिङको पढाई सुरु गरेका उनले आफ्नो सपना पुरा गर्न मुम्बई यात्रा सुरु गरेका थिए । इन्जिनियरिङको पढाइको अन्तिम बर्ष उनले बलिउडलाई नै करिअर बनाउने सोचाई राखेर मुम्बइको यात्रा सुरु गरेका हुन् ।

सुशान्त सिंह राजपुतको करिअरमा उनले केही हिट चलचित्र दिएका छन् । कम चलचित्रमा काम गरेपनि उनले बलिउडमा बलियो स्थान बनाएका थिए । उनै, सुशान्तले ३४ बर्षको उमेरमा आत्महत्याको बाटो रोजे । सुशान्तले ड्रग्स सेवन गर्ने गरेको छानविनका क्रममा खुलेको थियो ।

सुशान्तलाई स्टेनफोर्ड यूनिभर्सिटीबाट छात्रवृत्तीको लागि अफर समेत आएको थियो । उनी, यतिबेलासम्म बलिउडमा स्थापित हुनका लागि नयाँ गन्तव्यमा लागिसकेका थिए ।

सुशान्तको निधन भएपछि उनका फ्यान र आफन्तले उनको निधनको छानविन गर्न निरन्तर माग गर्दै आएका छन् । भलै, सुशान्तले यो संसारबाट बिदा लिएको १ बर्ष भैसकेको छ । तर, उनको चलचित्र, प्रतिभा र हसिलो स्वभावले उनी सधैभरी दर्शकको मनमा बसिरहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment