Comments Add Comment

पूर्वप्रधानमन्त्री खनालको अक्सिजन सपोर्टमा उपचार हुँदै

३१ जेठ, काठमाडौं । अस्वस्थ भई सोमबार विहान नर्भिक अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ । नेता खनालको अवस्था सामान्य रहेको र रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको सञ्चार तथा जनसम्पर्क विभागले जानकारी दिएको छ ।

‘उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ’ अस्पतालको सूचनामा भनिएको छ ‘आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको छ ।’

विगत नौ दिनदेखि ज्वरो आएको र थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि खनाल सोमबार विहान ८ बजे अस्पताल भर्ना भएका थिए ।

गत वैशाख १८ गते कोरोना संक्रमण भएपछि खनाल नर्भिक अस्पताल भर्ना भएका थिए र निको भई वैशाख २८ गते घर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment