
३१ जेठ, काठमाडौं । सवारी पास किर्ते गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ मझुवागढी ११ का २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् ।
उनीहरुमाथि जेठ ३० गते एकान्तकुनास्थित रिङ रोड सडकमा एउटै पासमा फरक-फरक नाम राखी सरकारी छाप, दस्तखत किर्ते गरेको आरोप छ ।
पक्राउ परेका उनीहरुमाथि लिखित कीर्ते सम्बन्धी कसूर मुनामा ललितपुर जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको ललितपुर प्रहरीका प्रवक्ता प्रज्वल महर्जनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4