+
+
Shares

मोरङमा निषेधाज्ञा एक साता लम्बियो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १८:४६

३१ जेठ, विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो ।

सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछा–मासु र पुस्तक पसललगायतका व्यवसाय बिहान ५ बजेदेखि ११ बजेसम्म सञ्चालन पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?