+
+

धनुषा, महोत्तरी, सर्लाहीमा एक साता र सिरहामा दुई साता निषेधाज्ञा थप

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १८:५०

३१ जेठ, जनकपुरधाम । प्रदेश २ का तीन जिल्लामा एक साताका लागि र एक जिल्लामा दुई साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रदेशको अस्थायी राजधानी धनुषा, महोत्तरी र सर्लाहीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । तीनै जिल्लाको संकट व्यवस्थापन केन्द्रको बसेको छुट्टाछुट्टै बैठकले निषेधाज्ञालाई एक साताका लागि लम्बयाउने निर्णय गरेको छ ।

यी तीनै जिल्लामा असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी रहने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, सिरहामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा कायम गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?